|

चन्द्रौटा : कपिलवस्तुमा बस र मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु भएको छ।

शुक्रवार बिहान शिवराज नगरपालिका–४ बनकट्टीमा भएको दुर्घटनामा भारतको उत्तराखण्डका ४० वर्षीय दिनेश रतोडीको उपचारका क्रममा मृत्यु भएको हो।

पूर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ६३८९ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको लु २४ प ९४८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार रतोडी गम्भीर घाइते भएका थिए।

उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उनको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहीले बताए। रतोडी केही समयदेखि नेपालमा सर्फ उद्योगमा कार्यरत थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.