|

काठमाडौं : संचारकर्मी, कलाकार तथा समाजसेवी सूर्य चन्द काठमाडौं क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। 

कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापा र एमालेका नेता राजन भट्टराईको निर्वाचन क्षेत्रबाट उनले चुनाव लड्ने तयारी थालेको हुन्। 

उनी अहिले काठमाडौं क्षेत्र नं ४ का मतदाताहरूसँग भेटघाट, छलफल र आफ्नो पक्षमा चुनावी माहोल तयार पार्न जुटिरहेका छन्। विकृति, विसंगति, भ्रष्टाचार तथा राजनीतिक समस्या देख्दा युवाहरू निरास भएपछि आफू अघि सरेको उनले बताए। 

उनले भने, ‘युवाहरु अवसरको खोजीमा छन्, रोजगारीको अवसरका लागि भौतारिरहेका छन् त्यसैले पनि हामी जस्ता सचेत युवाले राजनीति विकृति र विसंगति विरुद्ध  आवाज बुलन्द गर्नुपर्छ।’ 

चन्दले स्वदेशमा उद्योगधन्दा सञ्चालन गरी रोजगारी सृजना गरेर विदेशिएका युवालाई स्वदेशमै रोजगारी दिएर आर्थिक समृद्धिको ढोका खोल्ने बताए। 

०७४ को निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई हराउँदै कांग्रेसका थापा निर्वाचित भएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.