|

बारा : बाराको पथलैयामा ट्रमा सेन्टर सञ्चालनमा ढिलाइ नगर्न माग गरिएको छ। जितपुरसिमराका बासिन्दाले मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई शुक्रबार माग पत्र पठाएको हो।

सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल सहितको टोलीले मुख्य मन्त्रीलाई पठाएको मागपत्रमा ट्रमा सेन्टर चाँडै सञ्चालन गरी सेवा प्रवाह गर्नु अत्यावश्यक रहेको बताइएको छ।

राजमार्गमा दुर्घटनामा परी घाइते हुनेहरूको तत्काल उपचार गर्ने उद्देश्यका साथ ट्रमा सेन्टर स्थापना गर्ने भनिएको थियो। समयमा ट्रमा सेन्टर सञ्चालन नहुँदा बारा, पर्सा, रौतहट र राजमार्गमा यात्रा गर्ने यात्रुको समयमा उपचार पाउने अधिकारमाथि खेलवाड भएको मागपत्रमा दावी गरिएको छ।

प्रदेश सरकारले विगत ३ वर्षदेखि ट्रमा सेन्टर सञ्चालनका लागि बजेट पनि विनियोजन गर्दै आएको छ। मुख्यमन्त्री लालबाबु राउत गद्दी सहितको प्राविधिक टोलीले निरीक्षण गरेर तत्काल कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए पनि कार्यान्वयनमा आएको छैन।

सरोकार समितिले छिट्टै माग सम्बोधन नभए बाध्य भएर आन्दोलनमा उत्रने समेत माग पत्रमा उल्लेख गरेको छ।

मागपत्र बुझ्दै इलाका प्रशासन कार्यालय, सिमराका निमित्त कार्यालय प्रमुख ताराप्रसाद आचार्यले सम्बन्धित निकायमा पुरयाउने तथा सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.