|

काठमाडौं : मेलिना राई र किरण गजमेरको स्वरमा रहेकाे ‘दुई नम्बरी’ गीत सार्वजनिक भएको छ। पुष्प खड्का र आशा पौडेलको अभिनय रहेको गीतमा बि पाण्डेको शब्द , सुभाष भुसालको संगीत रहेकाे छ। गीतमा एरेन्ज भने उदयराज पौडेलले गरेका हुन्।

अविरा क्रीएशनले निर्माण गरेको म्युजिक भिडियोलाई रामजी लामिछानेले निर्देशन र कोरियोग्राफी गरेका हुन्। रोमान्टिक शैलीको गीतमा पुष्प र आशाको प्रस्तुति आकर्षक देखिन्छ।  

म्युजिक भिडियोमा मान कृष्ण महर्जनको छायांकन, सुनिता श्रेष्ठ र अविरा क्रीएशनको ड्रेस, सरस्वती श्रेष्ठको मेकअप, बन्दे प्रसादको सम्पादन र राजेन्द्र पुमोक्तानको कलर करेक्सन समावेश रहेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.