|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा र प्रदेशसभा तर्फको समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको छ। नेपाल समाजवादी पार्टीसहित ११० जना सांसदको सूची आयोगमा बुझाइएको उपमहासचिव वर्षमान पुनले बताए। 

उनका अनुसार ११० मध्ये ५ जना डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीका छन्। डा. भट्टराई पनि माओवादीकै चिह्नबाट चुनाव लड्ने सहमति भइसकेको छ। त्यसका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरिसकेको पुनले बताए।

आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पुनले पार्टीले तोकेको मापदण्ड  भित्र रहेर समानुपातिक उम्मेदवारको सूची तयार पारिएको बताए। 

समानुपातिक तर्फकाे सूची बुझाउन महासचिव देव गुरुङ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल पनि आयोग पुगेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.