|

काठमाडौं : आजदेखि मध्यम तथा लामो दुरीमा चल्ने सवारी साधनको यान्त्रिक परीक्षण गरिने भएको छ। 

पुराना तथा थोत्रा गाडीका कारण दुर्घटना बढेको भन्दै सरकारले चाडबाडमा दुर्घटना नियन्त्रण गर्न यस्तो व्यवस्था गरेको हो। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार यातायात व्यवस्था विभागबाट आजदेखि मध्यम तथा लामो दूरीमा चल्ने सवारीसाधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवसायीको समन्वयमा काठमाडौं उपत्यकाका मुख्य–मुख्य स्थानमा यान्त्रिक परीक्षण गर्ने व्यवस्था मिलाइने छ। 

सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी बनेको समितिको हिजोको बैठकले दुर्घटना रोक्न सवारी साधनमा टाइम कार्ड लागू गर्नेसहितका विभिन्न १४ निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.