यामलालले चुनाव जितेपछि मतदातालाई नभेटेकोमा आक्रोश

|

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बुबाआमाले घोडा पालेर कमाएको पैसाले विदेश पढेर आएको व्यक्ति भएकाले आफूले जनताको मर्का बुझ्ने बताएका छन्।

सिधा कुरा मुख्यमन्त्रीसँग भन्ने कार्यक्रममा सहभागीले उठाएका प्रश्नको उत्तर दिने क्रममा  अमेरिकामा भएको विकास कर्णालीमा भर्खरै खोजेर नपाइने जिकिर गरेका हुन्।

उनले भने, ‘मैले भोट हालेको छु, मलाई योजना चाहिन्छ नत्र पख्लास् भन्दै घर घेरा हालेर हुँदैन। हुकुमवासीले हुकुमवासीको रूपमा काम गरिरहेका छन्।’

मुख्यमन्त्री शाहीले आफू मुख्यमन्त्री भएपछि समय, सुशासन लगायतका कुरामा पूरा काम गरेको बताए। मुख्यमन्त्री शाहीलाई ९ जिल्लामा केही निर्माण हुनु नपर्ने तर सुर्खेतमा मात्र सबै कुरा निर्माण हुनुपर्ने भन्दै सबै ठाउँमा सुविधायुक्त स्वास्थ्य संस्थादेखि अन्य सुविधा हुनुपर्ने माग सहभागीले गरेका थिए।

सहभागी दिपेन्द्र बिसीले प्रदेशको औचित्य छैन किन भन्नुभयो? भन्दै मुख्यमन्त्री शाहीलाई प्रश्न गरेका थिए। मुख्यमन्त्री शाहीले कर्णालीमा को सरुवा हुन्छ? को आउँछ अनि को जान्छ थाहा नै हुँदैन भन्दै मैले प्रदेशको काम हुँदैन भनेर जवाफ दिएको जिकिर गरे।

त्यस्तै, प्रमुख प्रतिपक्ष दलका नेता यमलाल कँडेललाई प्रश्नकर्ता पूर्ण अधिकारीले तपाईं चुनाव जितेपछि कतिपटक मतदाता कहाँ पुग्नुभयो भन्दै प्रश्न गरे। मुख्यमन्त्रीको सपनामा दौडिँदा जनताको माझमा एकपटक नआएको आरोप लगाउन भ्याए।

तर, कँडेलले मुख्यमन्त्रीको दौडमा नभई विकास खाने प्रदेशका विरुद्धमा लागेका बताए। उनले भने, ‘मेरो पक्षमा बोल्ने मिडिया नै मैले भेटिनँ।’

यस्तै, विश्लेषक पिताम्बर ढकालले सबै मिलेर अगाडि बढ्न सके मात्रै प्रदेशको विकास हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.