|

केन्याका विश्वचर्चित धावक इलिउड किप्चोगेले बर्लिन म्याराथनमा आफ्नै रेकर्ड तोड्दै नयाँ कीर्तिमान बनाएका छन्। बर्लिन म्याराथन जित्ने क्रममा आइतबार ३७ वर्षीय किप्चोगेले निर्धारित दूरी २ घण्टा १ मिनेट ९ सेकेन्डमा पूरा गरी नयाँ विश्व कीर्तिमान बनाएका हुन्।

यसअघि उनले सन् २०१८ मा २ घन्टा १ मिनेट ३९ सेकेन्डमा बर्लिन म्याराथनमा नै विश्व कीर्तिमान बनाएका थिए। दुई पटकका ओलम्पिक च्याम्पियन किप्चोगेले उक्त रेकर्ड ४ वर्षपछि ३० सेकेन्डअघि दूरी पूरा गर्दै नयाँ कीर्तिमान बनाए।

४ वर्षअघि उनले सन् २०१४ मा डेनमार्कका मिमेट्टोको नाममा रहेको २ घण्टा २ मिनेट ५७ सेकेन्डको कीर्तिमान भङ्ग गर्दै आफ्नो नाममा विश्व कीर्तिमान बनाएका थिए। उनी सन् २०१९ मा भियनामा २६ दशमलव २ माइल दुरी २ घण्टाभित्र पूरा गर्ने विश्वको पहिलो खेलाडी बनेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.