|

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक/ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले बुधबार गत जेठ २९ गतेदेखि असार ६ गतेसम्म सञ्चालन गरेको परीक्षा नतिजा सार्वजनिक गरेको हो। 

बोर्डको विज्ञप्तिअनुसार उक्त परीक्षामा कुल ११ हजार ६ सय ३३ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ग्रेड वृद्धितर्फ १० हजार ३ सय ५३ र आंशिकतर्फ १२ सय ८० सहभागी थिए। आंशिकतर्फ ५ सय ९१ जनामात्रै उत्तिर्ण भएको बोर्डले जनाएको छ। 

लेटर ग्रेडिङतर्फ कक्षा ११ र १२ को सैद्धान्तिकतर्फ डी प्लस र प्रयोगात्मकतर्फ न्यूनतम सी ग्रेड प्राप्त गर्ने र अंकाङ्कनतर्फ सबै विषयमा उत्तीर्ण भएका परीक्षार्थीहरूले नतिजा प्रकाशन भएको मितिले १५ दिनपछि ट्रान्सक्रिप्ट,माइग्रेसन र प्रोभिजनल प्रमाणपत्रका लागि रसिद काट्न सक्ने बोर्डले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.