|

काठमाडौं : थाहाखबरले साता भरको गतिविधिलाई समेटेर शनिबार साताको तस्विर प्रकाशन गर्दै आइरहेको छ। औपचारिक तथा अनौपचारिक कार्यक्रमका दृश्यलाई यो स्तम्भमा समेट्ने गरिएको छ।

 यो साताका तस्वीर–

परम्पराको निरन्तरता : गोरखाबाट ल्याइएको फूलपाती  काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा भित्र्याउँदै नेपाली सेना। 

हर्षबढाइँ  : फूलपातीका दिन टुँडिखेलमा नेपाली सेनाको प्रस्तुति।

दशैँका श्रद्धालु : वर्षमा एक दिन महानवमीमा खुल्ने तलेजु मन्दिरमा दर्शनार्थी। 

बाहनको पूजा : महानवमीका दिन भद्रकाली मन्दिरमा आफ्ना सवारी पूजा गर्दै सर्वसाधारण। 

डिजिटल टीका : विदेशमा रहेका परिवारका सदस्यलाई दशैँको टीका अर्पण गर्दै। 

ज्ञानी बन्नु है! :  विजयादशमीमा सानी नानीलाई टीका लगाइदिँदै  राष्ट्रपति विद्यादेवी भण्डारी। 

गुरु भुइँमा! :  राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासका मूलपूजारी खेमचन्द्र ढकाललाई टीका लगाइदिँदै। तस्वीर : रत्न श्रेष्ठ, रासस

क्रिकेटरको हातमा हतकडी :  बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विमानस्थलबाट पक्राउ परेपछि।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.