|

बैतडी :  आगलागी हुँदा बैतडीमा एक वृद्धा गम्भीर घाइते भएकी छिन् ।   जिल्लाको पुर्चौडी  नगरपालिका-  ८  डणपूरमा घरमा आगलागी  हुँदा ८४ वर्षीया वृद्धा जयमती साउद गम्भीर घाइते भएकी हुन्। 

गम्भीर घाइते साउदलाई उपचारका लागि धनगढी पठाइएकाे जिल्ला प्रहरी कार्यालयका वरिष्ठ सई सुरज बहादुर चन्दले जानकारी दिए।

 खाना पकाइसकेपछि   दिउँसो भान्साकोठाको चुलोमाथि सुकाउन राखेको दाउराबाट सल्किएको आगोले घर जलेर पूर्णरुपमा नष्ट भएको  छ।  घरभित्रै सुतिरहेको अवस्थामा आगो लागेको थाहा पाएकी जयमती घरभित्रबाट भागेर बाहिर आउँदासम्म जलेर घाइते भएकी हुन्। 

 घाइते वृद्धाको  पिठ्यूँ, अनुहार, हात र खुट्टाका भागहरू आगोले जलेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.