|

काठमाडौं : फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेइन (पिएसजी) गोलरहित बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा पिएसजी रेइम्ससँग जितविहीन रह्यो।

खेलमा १० खेलाडीमा सिमित भएको पिएसजीविरुद्व दोस्रो हाफमा गोल गर्ने प्रयास गरेपनि पिएसजी असफल भएको थियो। रियल म्याड्रिडका पुर्व डिफेन्डर सर्जियो रामोसले करिअरको २८ औ रातो कार्ड पाएका थिए। उनी दोहोरो पहेलो कार्ड खाँदै ४१ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए।​

पिएसजीको बराबरीपछि मार्सेलीले पनि शीर्ष स्थानमा पुग्ने अवसर गुमायो। शनिबार राति नै भएको खेलमा मार्सैली अजासियोसँग २-१ ले पराजित हुँदा शिर्ष स्थानमा पुग्ने अवसर गुमाएको हो।

लिगमा पिएसजीले १० खेलबाट २६ अंक बनाउँदा दोस्रो स्थानको मार्सेलीको १० खेलबाट २३ अंक रहेको छ। त्यस्तै लोरियनटको ९ खेलबाट २२ अंक हुँदा लेन्स ९ खेलबाट २१ अंकका साथ चौंथो स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.