|

पर्वत : नवौँ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा एपिएफ क्लबले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ।

पोखरा रङ्गशालामा बिहीबार भएको खेलमा गण्डकीले प्रस्तुत गरेको २७ रनको सामान्य लक्ष्य एपिएफले १ सय ६ बल बाँकी रहँदै प्राप्त गर्न सक्यो। एपिएफको तर्फबाट सीता राना मगरले ५ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडिन्। इन्दु बर्माले ३ बलमा २ चौकासहित ९ रन जोडिन्।

खराब लयबाट गुज्रिइरहेको गण्डकीले पहिला ब्याटिङ गर्दै १८ दशमलव २ ओभरमा सबै विकेट गुमाएर २६ रन बनाएको थियो गण्डकीका कुनै पनि खेलाडीले दोहोरो आँकडामा रन हिर्काउन पार्न सकेनन्। सृष्टि जैसीले बनाएको ५ रन नै गण्डकीको सर्वाधिक बन्न पुग्यो।

एपिएफको बलिङमा प्लेयर अफ द म्याच इन्दु बर्माले ३ ओभरमा ४ रन खर्चिएर २ विकेट लिइन्। सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सीता राना मगरले १/१ विकेट लिए। गण्डकीकी सृष्टि जैसीले १ विकेट लिइन्।

जितसँगै एपिएफ समूह ‘ए’ को शीर्ष स्थानमा पुगेको छ। एपिएफले दुई खेलमा दुई जित हासिल गर्दै ४ अङ्क जोडेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.