|

काठमाडौं :  तिहार नजिकिँदै छ। बारीमा ढकमक्क फुलेका सयपत्री र मखमलीले यतिखेर गाउँघरको सौन्दर्य बढेको छ।

भक्तपुरमा सबैभन्दा बढी फूल खेती हुने सूर्यविनायक नगरपालिका-७ मा पर्ने गुन्डु पनि यतिखेर ढकमक्क बारी नै ढाकेका सयपत्री र मखमलीले गाउँलाई निकै आकर्षक बनाएका छन्।

घर आँगनदेखि खेत र बारीका पाखाभरि फुलेका फूलले यहाँको सौन्दर्य बढाएको मात्र छैन, आम्दानीको राम्रो स्रोतसमेत बनेको छ।

फूल खेती गर्नेहरूलाई टिप्न र माला उन्न भ्याइनभ्याई छ। केहीले फूल टिपिसकेर माला उनेर बिक्री गर्ने व्यापारीकहाँसमेत पुर्‍याइसकेका छन्। मखमली फूलको माला प्रति गोटा २५ देखि ४० रूपैयाँसम्म पर्ने व्यवसायीहरू बताउँछन्।

मखमलीमय बनेको गुन्डु र फूल टिप्न तथा माला बनाउन व्यस्त कृषक (तस्वीरमा): 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.