|

पोखरा : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको महिला हक्कीमा त्रिभुवन आर्मीले स्वर्ण पदक जितेको छ। पोखरामा बुधबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै आर्मीले स्वर्ण पदक जितेको हो।

टाइब्रेकरमा आर्मीका लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ र सीतामाया बलले गोल गरे।

 त्यसअघि खेलको नवौँ मिनेटमा नेपाल आर्मीकी सरस्वती तामाङले एक गोल गरेकी थिइन्। त्यसको दुई मिनेटपछि गण्डकीको तर्फबाट सविना पुन रानाले एक गोल थपिन्। खेल १–१ को बराबरीमा पुगेपछि टाइब्रेकरमा पुगेको हो।

 यसैगरी महिला हक्कीमा प्रदेश १ लाई हराउँदै सुदूरपश्चिमले कांस्य पदक जितेको छ। बुधबार बिहान भएको पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई २–० गोल अन्तरले हराएको हो।

 सुदूरपश्चिमका लागि खेलको १० औँ मिनेटमा नीलम जोशी र २६ औं मिनेटमा डम्बरा थापाले गोल गरेकी थिइन्। प्रतियोगितामा सात टोली सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.