|

रूसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ लागू गरेको घोषणा गरेको छ। 

‘मैले रूसी महासंघ डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया गरी चार क्षेत्रमा मार्शल ल लागू गर्ने आदेशमा हस्ताक्षर गरेको छु’, टेलिभिजनमा प्रसारण भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पुटिनले भने।

सम्बोधनपछि क्रेमलिनले एक निर्देशन जारी गर्दै बिहीबार बिहानदेखि सैनिक शासन लागू हुने जनाएको छ। मस्कोको कब्जामा रहेको क्षेत्रमा महिनौंदेखि युक्रेनी सेना अघि बढिरहेका बेला पुटिनको यो घोषणा आएको हो। 

पुटिनले युक्रेनले ‘आतंकवादी तरिका’ प्रयोग गरेको आरोप लगाए। ‘उनीहरूले हाम्रो भूमिमा विध्वंसकारी समूह पठाउने गरेका छन्’, उनले भने, ‘मस्कोले क्रिमिया पुललाई लक्षित गरी भएको पहिलो घटनाबाहेकका अन्य आक्रमणहरूलाई विफल पारेको छ।’ 

रूसी कानुनअनुसार सैनिक कानुनले सेनाको सुदृढीकरण, कर्फ्यू, आवागमनको सीमा, सेन्सरसिप र विदेशी नागरिकको नजरबन्दको अनुमति दिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.