|

काठमाडौं :  बिहीबार पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ। बुधबार खुवाउन छुटेका बालबालिकालाई बिहीबार खुवाउन लागिएको हो।

सरकारले कात्तिक २ र ३ गते  ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि वितरण गरेको हो।

करिब २७ लाख बालबालिकालाई भिटामिन ए र २३ लाख ९३ हजारभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य  रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.