|

पोखरा : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा जारी एथ्लेटिक्सको अन्तिम दिन ७ स्वर्ण पदकको छिनोफानो भएसँगै एथ्लेटिक्सका इभेन्ट सकिएका छन्।

प्रतियोगिताको सर्वाधिक स्वर्ण भएको इभेन्टका रूपमा रहेको एथ्लेटिक्समा १९ स्वर्ण सहित आर्मी शीर्ष स्थानमा रहँदा एपीएफ १० स्वर्णसहित दोस्रो बन्दा  नेपाल पुलिस, लुम्बिनी र बागमतीले समान २-२ स्वर्ण हात पारे।

एथ्लेटिक्समा जारी संस्करणमा ९ राष्ट्रिय कीर्तिमान कायम भए। जसमा पुरुष १०० मिटरमा सरस्वती चौधरीले राष्ट्रिय रेकर्ड बनाउँदा पुरुष १० हजार मिटरमा दीपक अधिकारीले कीर्तिमान बनाए। त्यस्तै ४०० मिटर महिला हर्डल्समा जयरानी थारूले राष्ट्रिय कीर्तिमान कायम गर्दा ४ सय मिटर महिला पुरुषमा नै राष्ट्रिय कीर्तिमान कायम भयो। जसमा पुरुषतर्फ सोमबहादुर कुमालले र महिलातर्फ रमिताकुमारी थारूले रेकर्ड हासिल गरे। 

त्यस्तै १०० मिटर महिला हर्डल्समा जयरानी थारूले राष्ट्रिय कीर्तिमान बनाइन्। ३०० मिटर स्टीपल चेसमा दुर्गाबहादुर बुढाले राष्ट्रिय कीर्तिमान बनाउँदा लङजम्पमा पुरुषतर्फ सलिम देवान र महिलातर्फ जयरानी थारूले राष्ट्रिय कीर्तिमान बनाइन्।

पदक तालिकामा त्रिभुवन आर्मी १९ स्वर्ण १३ रजत र १३ कांस्य सहित ४५ पदक जित्न सफल रह्यो। त्यस्तै एपीएफ १० स्वर्ण‚ १० रजत र १० कांस्य सहित ३० पदकका साथ दोस्रो स्थानमा रहँदा नेपाल पुलिस क्लबले २ स्वर्ण‚ ८ रजत र ६ कांस्य सहित १६ पदक हात पार्‍यो।

त्यस्तै बागमतीले २ स्वर्ण‚ १ रजत र ४ कांस्य सहित ७ पदक जित्दा लुम्बिनीले पनि २ स्वर्ण‚ ३ रजत र १ कांस्य सहित ६ पदक जित्यो। गण्डकीले १ स्वर्ण‚ १ रजत र २ कांस्य हात पार्‍यो। त्यस्तै कर्णालीले १ स्वर्ण र १ रजत सहित २ पदक जित्न सफल भयो।


जयरानी राना ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.