|

बैतडी : विद्यालयमा चोरी गरेको आरोपमा आज दुईजना पक्राउ परेका छन्। दशरथचन्द नगरपालिका –१ स्थित मणिलेक मावि गुरुखोलाबाट गएको असोज १४ गते राति ल्यापटप र कम्प्युटर चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको हो।

बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार दशरथचन्द नगरपालिका वडा नं –४ का २० वर्षीय भूपेश भट्ट र सोही ठाउँका २१ वर्षीय खेमराम तिरुवालाई पक्राउ गरिएको हो।

दुवै जनाले दशरथचन्द नगरपालिका लगायतका अन्य विभिन्न स्थानमा समेत ल्यापटप चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

उनीहरूमाथि अनुसन्धानसमेत शुरु भएको छ।

पक्राउ परेका दुवै जनामाथि मुलकी अपराध संहिता २०७४ को परिच्छेद २० को दफा २४३ अन्तर्गत चोरी मुद्दा दर्ता गरी अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.