|

काठमाडौं : ‘पियार’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। लीला गजमेरको एकल स्वर रहेको ’पियार’ गीत बिहिबार युट्युब मार्फत सार्वजनिक गरिएकाे हाे।

गीतमा लेखु शहयात्राीको शब्द तथा संगीत रहेको छ भने बिसम आचार्यको मिक्सिङ र एरेन्ज रहेको छ। यो गीतको भिडियोलाई मौसन हिमालीले निर्देशन गरेका हुन भने कोरियोग्राफी पनि हिमालीकै रहेको छ। पियार बोलको भिडियोलाई निर्देशक हिमालिले राम्रो बनाउनुका साथै डान्सिङ शैलिमा तयार परेका छन्।

सिंगो कथा बुनिएकाे गीतकाे भिडियाेमा संवाद पनि समावेश छ। एक ट्रक ड्राइभरले आफ्नो भट्टि साहुनी प्रेमिकाको बारेमा अरुको मुखबाट नराम्रो सुनेकाले प्रेमी रिसाएको कथा भिडियाेमा देखाइएकाे छ।

सार्वजनिक भिडियोमा अभिनेता निराजन प्रधान र अभिनेत्री प्रियांका कार्कीको अभिनय रहेको छ। उनीहरुको जोडी भिडियोमा एकदमै सुहाएको देख्न सकिन्छ। अनिल के मानन्धरले छायांकन गरेको भिडियोमा सम्पादन भने मनोज कार्किको रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.