|

काठमाडौं :  नेकपा (माओवादी केन्द्र) की नेता ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छिन्।
बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१ औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धि बाहेक अरु कुनै एजेण्डा आफूहरूसँग नभएको बताइन्।

उनले अझैपनि आफूहरूले चाहेजस्तो देश बनाउन नसकिएको उल्लेख गर्दै देशलाई क्रमशः समृद्ध बनाउँदै लाने बताइन्। उनले विगतमा गरिएका सम्पूर्ण कामहरूको पनि जिम्मेवारी लिने जिकिर गरिन्।

‘हामी आज तपाईंहरूको सामु आएका छौँ। देशको समृद्धिका लागि हो। अरु हामीसँग एजेण्डा केही पनि छैन। यो देशको विकास बाहेक अरु छैन। हामीले भनेको जस्तो देश भएको छ्न होला। तर हामी क्रमशः यो देशलाई समृद्ध बनाउँछौ भनेर हामीले भन्दै आएका छौँ र विगतमा जे–जस्ता कामहरू भए ती सम्पूर्ण कामहरूलाई हामी जिम्मेवारी लिन्छौँ र अगाडी बढाउँछौ भनेर हामीले आफ्नो एजेण्डा तय गरेका छौँ', उनले भनिन्, 'सांसदको सबभन्दा ठूलो काम के हो भने जनताको कानून बनाउने काम हो। देशको कानून बनाउने काम हो। धेरै कानुनहरू निर्माण गर्नुपर्ने बाँकी छन्। मैले कसैको पनि हक नछिनिने गरेर यहाँहरू सबैको हक, अधिकारहरू ग्यारेन्टी हुने गरेर आफुले कानून लेख्ने कुरामा सधै अग्रपंक्तिमा रहनेछु।’

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारसमेत रहेकी नेता घर्तीले आफू निर्वाचित भएमा सबै पेशा, व्यवसायका मानिसहरूको हक अधिकारहरूको सुनिश्चित हुनेगरी कानून बनाउने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.