|

अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा श्रीलंकाले शीर्ष १२ मा दोस्रो जित हासिल गर्दै सेमिफाइनलको सम्भावना कायमै राख्दा अफगानिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ। समूह १ अन्तर्गत ब्रिसवेनमा भएको आफ्नो चौथो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेसँगै अफगानिस्तान प्रतियोगिताबाट बाहिरियो।

 टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो। जवाफमा १४५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ९ बलअगाडि नै लक्ष्य पूरा गर्‍यो। उसका लागि धनञ्जय डि सिल्भाले ६६ रनको नटआउट इनिङ खेल्दा कुशल मेन्डिसले २५ रन बनाए।

त्यस्तै चरिथा असलंकाले १९ रन बनाउँदा भानुका राजपाक्षेले १८ रन बनाएका थिए। त्यसैगरी पाथुम निसंकाले १० रन जोडे। जितसँगै श्रीलंकाले पनि सेमिफाइनल सम्भावना कायम राख्न सफल भयो। श्रीलंकाको ४ खेलबाट ४ अंक भएको छ।

त्यसअघि पहिलो ब्याटिङ गरेको अफगानिस्तानका लागि रह्मनुल्लाह गुरुवाजले २८ रन बनाउँदा उस्मान घानीले २८ रन बनाए।त्यसैगरी इब्राहिम जाद्रानले २२ रन झड्दा नजिबुल्ला जाद्रानले १८ रन बनाए। थप दोहोरो स्कोरका रूपमा गुल्बदिन नइबले १२ तथा मोहमद नावीले १३ रन बनाएका थिए। श्रीलंकाका लागि वानिन्दु हसरङ्गा डि सिल्भाले ३ विकेट लिँदा लहिरु कुमाराले २ विकेट लिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.