|

अमेरिकी व्यापार घाटा लगातार पाँच महिनासम्म गिरावट भएपछि सेप्टेम्बरमा व्यापार घाटा बढेको सरकारी तथ्यांकले बिहीबार देखाएको छ।

खाद्य र ऊर्जा निर्यातमा चिसोपन देखिएको छ भने ‘सेमीकन्डक्टर’ र उपभोग्य वस्तुजस्ता उत्पादनको आयातमा वृद्धि भएको छ। कम्पनीहरूले उपभोक्ताहरूको बढ्दो माग पूरा गर्न घट्दो सूचीहरू भर्न हतार गरे पनि विश्लेषकहरूले संयुक्त राज्य अमेरिकामा घरेलु माग कमजोर हुन सक्ने चेतावनी दिएका छन्। बलियो डलर र सुस्त वैश्विक वृद्धिले अमेरिकी निर्यातलाई कम गर्ने उनीहरूले बताएका छन्। वाणिज्य विभागको तथ्यांकअनुसार सेप्टेम्बरमा समग्र व्यापार घाटा बढेर ७३ अर्ब ३० करोड अमेरिकी डलर पुगेको छ।

कच्चा तेल र भटमासजस्ता खाद्य पदार्थ र औद्योगिक आपूर्तिमा आएको गिरावटका कारण निर्यात २५८ अर्ब डलरमा झरेपछि यो आयात वृद्धि विश्लेषकहरूको अपेक्षाभन्दा माथि देखिएको हो। सेमीकन्डक्टर र सेलफोनलगायत उपभोग्य वस्तुको आपूर्तिबाट आयात बढेर ३३१.३ अर्ब डलर पुगेको छ। सेप्टेम्बरमा चीनसँगको अमेरिकी घाटा १.४ अर्ब डलर घटेर ३२.१ अर्ब डलरमा झरेको तथ्यांकले देखाएको छ।

 अमेरिकी उपभोक्ताहरूबाट बलियो माग भए तापनि बढ्दो मुद्रास्फीतिले ग्राहकहरू पछि हट्नसक्ने चिन्ता बढाएको छ। यसले गर्दा अमेरिकी फर्महरू थप सतर्क भएका छन्। अमेरिकी फेडरल रिजर्भले अर्थतन्त्रलाई स्थ्रि बनाउन र बढ्दो मूल्यलाई कम गर्न आक्रामक रूपमा ब्याज दरहरू बढाइरहेको छ।

 बुधबार लगातार चौथो पटक ब्याज दर वृद्धिको घोषणा गर्दै धेरै परिवारहरूले आफ्नो आयको ठूलो हिस्सा मुख्य सामानहरूमा खर्च गर्नुपरेको छ। उच्च ब्याज दरले अमेरिकी डलरलाई पनि बलियो बनाएको छ, जसले अमेरिकी सामानहरू तुलनात्मक रूपमा बढी महँगो बनाएको छ, जसले निर्यातमा असर पार्न सक्छ। ‘हाई फ्रिक्वेन्सी इकोनोमिक्स’की अर्थशास्त्री रुबेला फारुकीले एक विश्लेषणमा भनिन्, 'भविष्यमा व्यापार प्रवाह कमजोर हुने सम्भावना छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.