|

काठमाडौं : पछिल्लो समय नेपालीहरूको घुम्ने शोख बढिरहेको छ। विशेष गरी हिमाल पहाड,ताल तलैयाको अवलोकनको लागि घुम्न जाने शौखिनहरूको संख्या बढ्दा आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको पर्यटन व्यवसायीहरू बताउँछन्।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने स्थानमध्ये एक हो तिलिचो ताल। विश्वको सबैभन्दा बढी उचाइमा अवस्थित ताल हो तिलिचो। मनाङ जिल्लामा अन्नपूर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाइमा यो ताल अवस्थित छ।

तालको लम्बाइ करिब ४ किलोमिटर, चौडाइ १.६ किलोमिटर र गहिराई सरदर २०० मिटर रहेको छ । तिलोचो तालबाट निलगिरी, खंग्सार तथा मुक्तिनाथ हिमाल देखिन्छ।

खङसार गाउँपालिकामा अवस्थित तिलिचो ताल हेर्न आउने पर्यटकको घुइँचो लाग्ने गरेको छ। यस ताल आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ। पर्यटकहरू बेँसीशहर, मनाङ गाउँ, खाङसार, श्रीखर्क, तिलिचो आधार शिविर हुँदै तिलिचो ताल पुग्ने गरेका छन्।

खङसारबाट तिलिचो आधारशिविरसम्म पैदल जानुपर्ने हुन्छ। तिलिचो आधार शिविरमा एकदिन बास बसेपछि भोलिपल्ट करिब तीन घण्टाको यात्रा पश्चात् तिलिचो पुग्न सकिन्छ। तिलिचो पुग्दा बाटोमा देखिने दृश्य ज्यादै सुन्दर देखिन्छन्। लमजुङदेखि तिलिचो तालसम्म पुग्दा देखिएका केही दृश्य थाहाखबरकर्मी राजु पौडेलले कैद गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.