|

बार्सिलोनाका लिजेन्ड डिफेन्डर जेराड पिकेले शनिबार बार्सिलोनाका लागि अन्तिम खेल खेल्ने भएका छन्। बार्सिलोनामा रहँदा ३० भन्दा बढी उपाधि जितेका पिकेले व्यावसायिक फुटबलबाट पनि सन्न्यास घोषणा गरेका छन्।उनले आफ्नो अन्तिम खेल शनिबार राति नउ क्याम्पमा अलमेरियाविरुद्धको खेल हुने बताएका छन्।

३५ वर्षीय स्पेनिस पिकेले फुटबलको सिकाइ बार्सिलोनाबाटै गरेका थिए तर उनले आफ्नो सिनियर करिअरको शुरुवात भने इङलिस क्लब म्यानचेस्टर युनाइटेडबाट गरेका थिए। सन्न्यास घोषणा गर्दै पिकेले भने‚ 'मैले सधैँ भन्दै आएको छु, बार्साभन्दा अरू टिम छैन र यो यस्तै हुनेछ।'

पिके २००४ सम्म बार्सिलोनाको किशोर टोलीमा रहेका उनले त्यसपछि म्यानचेस्टर युनाइटेडसँग सम्झौता गर्दै आफनो करिअरको व्यावसायिक उडान भरेका थिए। पिकेले इङलिस प्रिमियर लिग र च्याम्पियन्स लिग जितेका थिए। त्यसपछि उनी २००८ मा पुनः क्याट्लान क्लब बार्सिलोना अनुबन्धन भए।

त्यसपछि उनी लगातार टिमको महत्त्वपूर्ण सदस्यका रूपमा बार्सिलोनामा रहिरहेका छन्। जहाँ उनले ६०० खेल खेल्दै ८ ला लिगा सहित ३० ट्रफी जितेका छन्।जहाँ तीन च्याम्पियन्स लिग ट्रफी र ७ कोपा डेल रेको उपाधि समेत रहेका छन्।

जारी सिजन बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिसकेको छ भने ला लिगामा रियलभन्दा एक अंकले पछि रहँदै दोस्रो स्थानमा रहेको छ।

पिकेले अन्तरराष्ट्रिय फुटबलबाट भने २०१८ मा सन्न्यास घोषणा गरेका थिए। उनले स्पेनका लागि १०२ क्याप जित्दै २०१० को विश्वकप र २०१२ को युरोकपको उपाधि उचालेका थिए।

उनले सन्न्यास घोषणा गर्दै भने‚ ‘मलाई फुटबलले सबथोक दियो, बार्सिलोनाले सबथोक दियो अनि समर्थकहरूले सबथोक दिए। त्यसैले अब मैले यो यात्रा अन्त्य गर्ने समय आएको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.