|
File Photo

काठमाडौ : एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूबारे दिएको अभिव्यक्तिलाई लिएर नेता भीम रावलले आपत्ति जनाएका छन्। 

 कञ्चनपुरको चुनावी सभामा ओलीले उत्तेजना प्रस्तुत गरेको भन्दै रावलले आपत्ति जनाएका हुन्। सभामा ओलीले बोल्दै गर्दा रावलको पक्षमा नाराबाजी भए पछि उनले आक्रोशित हुँदै ’सुदूरपश्चिममा धेरै रावल रहेकाले बूढो भीम रावलको चिन्ता नगर्न’ आग्रह गरेका थिए।  

गएराति सामाजिक सञ्जालमार्फत रावलले ओलीको अभिव्यक्तिलाई लिएर विभिन्न पाँचवटा प्रश्न गरेका छन। साथै रावलले अध्यक्ष ओलीको अभिव्यक्तिले बदला, निषेध र द्वेषपूर्ण भाव उदांगो भएको पनि टिप्पणी गरे। 

रावलले ओलीलाई भनेका छन्, ‘म ६७ वर्ष लागेकालाई बूढो भन्ने हो भने ७० वर्ष कटिसकेका ओलीजी सांसद र फेरि प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो?’
सुदूरपश्चिममा भीम रावलले मात्रै अवसर पाउनुपर्ने कारण नरहेको भन्ने ओलीको अभिव्यक्तिलाई उनले  ‘केपी ओलीले मात्रै अवसर पाउनुपर्ने कारण नरहेको’ प्रतिक्रिया दिए। 

ओलीले थर विशेषलाई उल्लेख गरी सुदूरपश्चिममा थुप्रै रावल भएका र तीनलाई अगाडी बढाउने भन्दै व्यक्तिगतरुपमा अपमान हुने गरी बोलेको भन्दै रावलले आक्रोस पनि व्यक्त गरे। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.