|

काठमाडौं : निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी बोक्ने भ्यान र बसलाई अबदेखि कडाइ गरिने भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयोजकत्वमा आइतबार बसेको नेपाल अभिभावक महासंघ, हिसान, प्याब्सन र एन प्याब्सनको संयुक्त स्कुल बसहरूको व्यवस्थापन सहजीकरण बैठकले अबदेखि  कडाइ गर्ने निर्णय गरेको हो।

नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीका अनुसार बैठकले स्कुल भ्यानमा उल्टो सिट बनाएर विद्यार्थीहरूलाई चढाई बस चलाउन नपाइने निर्णय गरेको छ।

​त्यस्तै, बसमा क्षमताभन्दा बढी विद्यार्थी राख्न नपाइने, चालक र सहचालकलाई बेला बेला ओरेनन्टसन लिइनुपर्ने निर्णय भएको जानकारी दिए।

मापसेलगायत यी निर्णयविपरीत कार्य गरेको पाइए ट्राफिक प्रहरीले ठाउँको ठाउँ कारबाही गर्ने छन्, अब मोटरसाइकलमा कोचेर विद्यार्थीहरू ओसारपसार गर्न पनि पाइने छैन,’उनले भने।

गत बुधबार लाजिम्पाटस्थित बेष्ट एलिमेन्ट्री मन्टेसरी स्कुलमा अध्ययनरत १३ वर्षीय आयुष्मान दाहाल स्कुल छुट्टी भएपछि सोही स्कुलको बा१क ४६४२ नम्बरको बसमा चढेर घर फर्किने बेला सिटबाट झ्यालबाट टाउको बाहिर निकाल्दा गेट नजिकको रुखमा ठोक्किएर उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

त्यसपछि तत्कालै उनलाई उपचारका लागि सो स्कुलका व्यवस्थापकले त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगे पनि उनको उपचार क्रममा बिहीबार निधन भएको थियो। यो घटनापछि ट्राफिक प्रहरीले स्कुल बस र भ्यानलाई कडाइ गर्ने भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.