|

काठमाडौं : समता ग्लोबल सिनेट र आर के फाउन्डेशन युएसएको आयोजनामा आगामी शुक्रबार अमेरिकी शहर कोलम्बसमा सांस्कृतिक कार्यक्रम ‘समता साँझ’ आयोजना हुने भएको छ।

नेपालमा आर्थिक अभावबाट कोही पनि शिक्षा लिनबाट वञ्चित हुनु नपरोस् भनी समता स्कुललाई आर्थिक सहयोग संकलनका लागि यो कार्यक्रम गर्दै आएको आयोजकले जनाएको छ।

सांस्कृतिक कार्यक्रम ‘समता साँझ’ का संयोजक टीका ढकालका अनुसार नोभेम्बर ५ तारिखमा न्युयोर्क र ६ तारिखमा शिकागोमा समता साँझ आयोजना भइसकेको छ।

‘यो कार्यक्रमबाट उठेको आर्थिक सहयोग समता स्कुललाई दिइनेछ, आर्थिक अभावका कारण कोही पनि शिक्षाबाट वञ्चित हुनु नपरोस् तथा सस्तो‚ सुलभ र गुणस्तरीय शिक्षा पाउन् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने।

​उनका अनुसार ११ तारिखमा कोलम्बसमा, १२ तारिखमा पिट्सबर्गमा, १३ तारिखमा बोस्टनमा, १८ तारिखमा सेन्ट लुइसमा, १९ तारिखमा सान फ्रान्सिस्कोमा र नोभेम्बर २० तारिखमा डलासमा कार्यक्रम आयोजना हुँदै छ।

कार्यक्रममा वरिष्ठ हास्य कलाकारद्वय हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ र गायक रामकृष्ण ढकाललगायत कलाकारहरूको प्रस्तुति रहनेछ। 

समता स्कुलले मासिक सय रूपैयाँमा नर्सरीदेखि मास्टर्स डिग्रीसम्म गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। उत्तम सञ्जेलले २०५८ सालमा स्थापना गरेको समता स्कुल अहिले उपत्यकासँगै ७७ वटै जिल्लामा सञ्चालनमा छ।

विदेशमा पनि उक्त स्कुल सञ्चालनमा छ। समता स्कुलका अनुसार हाल सबै गरी ४० हजारभन्दा बढी विद्यार्थी समतामा अध्ययनरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.