|

जनकपुरधाम : आसन्न निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका उमेश साहले १० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। उनले आज जनकपुरधाममा प्रचारप्रसार समितिको कार्यालय उद्घाटनसँगै प्रतिबद्धतापत्र सार्वजनिक गरे।

विकास, शान्ति र सुशासन, आर्थिक वर्ष बैशाख-चैत हुनुपर्ने, युवा जनशक्तिलाई विदेश पलायनबाट रोक्न स्वदेशमै रोजगारी सिर्जना गर्ने, वर्षौंदेखि बन्द रहेका उद्योग तथा कलकारखाना पुनः सञ्चालनमा ल्याउने, भ्रष्टाचार समाप्त गर्न अख्तियार जस्ता सरोकारवाला निकायलाई मजबुत बनाउने र स्वायत्तता प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने लगायतका प्रतिबद्धता उनले जनाएका छन्।

स्वतन्त्र उम्मेदवार साहले सो क्षेत्रबाट यसअघि निर्वाचन जित्दै आएको दल नेपाली काँग्रेसको उम्मेदवार नभएकाले मतपत्रमा रुख (गाछी) चुनाव चिह्न पनि नरहेको र जनताको चाहना र भावनाअनुसार आफूले उम्मेदवारी दिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.