|

काठमाडौं : नेपाली यू-१५ महिला टिमले लगातार तेस्रो खेलमा जित हासिल गरेको छ।

प्रतियोगितामा अपराजित रहने क्रममा नेपालले भुटानलाई १-० ले पराजित गरेको हो। जारी साफमा तेस्रो जितसँगै नेपाल उपाधिनजिक पुगेको छ।

अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध बराबरी मात्र गरे पनि च्याम्पियन बन्नेछ। बंगलादेशसँग नेपाल पराजित भएको खण्डमा भने गोल अन्तर निर्णायक हुनेछ।

बुधबार भुटानमाथि १-० को जित निकाल्दा सेनु परियारले गरेको एकमात्र गोल निर्णायक बन्यो। बंगलादेशको ढाकास्थित बिएसएसएसएमके स्टेडियममा ४९ औं मिनेटमा सेनुले निर्णायक गोल गरेकी थिइन्।

राउन्ड रोबिन लिगको पहिलो खेलमा भुटानलाई ७-० को फराकिलो अन्तरले हराएको नेपाले दोस्रो खेलमा भने भुटानको बलियो रक्षापंक्ति चिर्नका लागि संघर्ष गर्नु परेको थियो। जितसँगै नेपालको ३ खेलबाट ९ अंक भएको छ।

९ खेल नै खेलेको बंगलादेशको ६ अंक रहेको छ। लगातार चौथो खेलमा हार भोगेको भुटान गोल र अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो।

३ राष्ट्र सहभागी प्रतियोगिता डबल राउन्ड रोबिनका आधारमा भइरहेको छ। लिगको अंक तालिकामा शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.