|

बैतडी : वाई-वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटका लागि बैतडीको टोली घोषणा भएको छ। ​दिपक बोहराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए।

टोलीको उपकप्तानमा प्रदीप चन्द, विकेटकिपरमा सुनील चन्द रहेका छन्। अन्य सदस्यमा गजेन्द्र बोहरा, नरेन्द्र भट्ट, हिक्मत महरा, विरेन्द्र चन्द, आकाश चन्द, सुदिप कार्की, सन्तोष बिजले, सचीन भट्ट, दिपेश बोहरा, डम्बर तिरुवा र हरिश कार्की रहेका छन्।

वैकल्पिक खेलाडीको रुपमा बुद्धिमान विष्ट, दिपेन्द्र भण्डारी, कल्पेश चन्द र राजेन्द्र बोहरा छनोट भएका छन्।

जिल्लाका क्लबहरूमा रहेका यू-१९ खेलाडीहरूलाई बोलाएर २ दिनसम्म देहिमाडौंमा छनोट प्रतियोगिता सञ्चालन गरिएको र उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा टोली घोषणा गरिएको जनाइएको छ।

यो टोलीले कञ्चनपुरमा कात्तिक २४ गतेदेखि सञ्चालन हुने सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिता जनाउनेछ। प्रदेश छनोटबाट राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि टोली घोषणा गरिनेछ।

नेपाल क्रिकेट संघको आयोजना वाई-वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी मंसिर ६ गते काठमाडौंमा शुरु हुँदै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.