|

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शुक्रबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन्। 

यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहान ९ बजे सुरु हुने छ।

शुक्रबार हुने खेलको विजेता टोलीफाइनलमा एपीएफ क्लबसँग भिड्नेछ।

यसअघि बिहीबार भएको पहिलो सेमिफाइनमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफ फाइनलमा पुगेको हो। 

उपाधिका लागि शनिबार खेल हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.