|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालको एकीकृत समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय पार्टी नबन्ने दाबी गरेका छन्। 

 शुक्रवार सुनसरीको धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।  उनले एमालेलाई सिध्याउँछौ भनेर केही नेताहरूले घोषणा नै गरेको बताए। ओलीले भने, ‘नेकपा एमालेलाई चारैतिरबाट जिउँदै टोक्ने कोसिस भयो। खुट्टा भेटे खुट्टै, हात भेटे हातै टोक्याछ, टाउको भेटे टाउकै टोक्याछ ।’ उद्घोष पनि धेरैले गरे । भित्तामा टास्ने, धुलो बनाउने दिउसै टर्च बालेर हिँडने र सिध्याउने भने।’

उनले नेपाली कांग्रेस सन्ठीको लौरो भएको समेत आरोप लगाए।​ कांग्रेस एमालेसँग एक्लाएक्लै प्रतिस्पर्धा गर्न नसकेर माओवादी र एकीकृत समाजवादीलाई सँगै लिएर हिँडेको दाबी पनि गरे।

उनले विदेशीसँग पुच्छर हल्लाउने बाहेकको शक्तिसँग तालमेल गरेको पनि दाबी गरे।  

ओलीले ‘ठाडो घाँटी लगाएर हुँ हुँ’ गर्ने स्यालहरूको संख्या बढेपछि तत्कालिन नेपाल कम्युनिस्ट पार्टी विभाजित हुन परेको बताएका छन्।  एउटा स्याल कराएपछि अर्को स्याल नकराई नहुने उल्लेख गर्दै स्यालहरूको जमातले एमालेलाई नै कब्जा गर्न लागेको समेत बताए। 

ओलीले आफ्नो अगुवाइमा वामपन्थी आन्दोलन एकीकृत गर्ने काम भएको पनि बताए।  ‘एउटा नियम के छ भने एउटा स्याल एकठाउँमा करायो भने जहाँसुकै भएपनि अप्ठ्यारो अवस्थामा छ भने पनि कराउने बित्तिकै अर्कोले सुनेपछि नकराई हुँदैन्। एउटा कराएपछि अर्कोले ठाडो घाँटी लगाएर हुँ हुँ गर्नैपर्छ,’ ओलीले सम्बोधनको क्रममा भने, ‘नेकपा एमालेभित्र पनि यो त होइन कि भन्यो ठाडो घाँटी लगाएर कराइहाल्नेहरुको जमात निस्कियो। उनीहरुले के ठाने भने यतिबेलै हो मौका, केपी ओली लाटो भएर मौका दियो, आफू अल्पमतमा छ, बहुमत दिएको बेलामा एमालेलाई कब्जा गर्न थाले।’

आफ्नो नेतृत्वमा ०७४ मा वामपन्थी एकता गरेको भएपनि विदेशीका लागि कम्फर्टेबल सरकार बनाउन लागेकाले कारण एकता टिक्न नसकेको ओलीको बुझाइ छ। 

‘मेरो अगुवाइमा मैले पार्टी एकीकरण गरेर नेपालको वामपन्थी आन्दोलनलाई बलियो बनाउने अभियान थालेको छु। सोही अन्तर्गत नेकपा एमाले र माओवादी केन्द्र मिलेर संयुक्त घोषणापत्र जारी गरेर अघिल्लो चुनावमा गयौं,’ ओलीले भने, त्यो घोषणापत्र चुनावपछि सोही नीति अनुसारको बनाएर कार्यक्रम लागु गर्छौं भनेर तालमेल गर्यौं। दुईटा पार्टी मिलाउँदा राम्रै परिणाम पनि आयो। तर स्वदेश र स्वेदशीका लागि भन्दा पनि विदेशीका लागि अनुकूल, कम्फर्टेबल वाला।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.