|

धनगढी : धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुईजना गम्भीर घाइते भएका छन्। मोहना पुल–अत्तरिया ६ लेन सडकअन्तर्गत मोहनपुरमा सुपप्र ०१०१० प १५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएको प्रहरीले जनाएको छ।

सडक छेउमा डिभाइडरमा ठोक्किएर मोटरसाइकल दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घाइते दुवैजनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।  उनीहरूको परिचय भने खुलेको छैन।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.