|

विराटनगर :  सुदूर पूर्व ताप्लेजुङ जिल्लामा रहेको मुकुम्लुङ (पाथीभरा) देवीको मन्दिर पवित्र धार्मिक पृष्ठभूमि बोकेको ऐतिहासिक  स्थल हो।

१२,४४६ फिटको उचाइमा रहेको पाथीभरा मन्दिर दर्शन साथै भ्रमणका लागि स्वदेश तथा विदेशबाट आउने गर्छन्।

उत्तर पट्टी विश्वको तेश्रो अग्लो कञ्चनजंघा हिमाल र त्यो सँगै काँध मिलाएर बसे झैँ लाग्ने फक्ताङलुङ (लिम्बू भाषामा कुम्भकर्ण) वरीपरी हरियाली डाँडाहरूको  घेराबन्दीमा रहेको पाथीभरा मन्दिर धार्मिक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिकोणले सम्पन्न छ।

 स्थानीयको भनाइ अनुसार भेडी गोठालोसँगको सम्बन्ध रहेको पाथीभरा गुरुङ समुदायहरूले पनि आस्थाको देवीको रुपमा मान्ने गर्दछन्।

भनिन्छ , परापूर्वकालमा पाथीभरा  मन्दिर आसपासका गोठालाहरूले भेडी गोठ पाथीभरा आसपास राख्दा अचानक  भेडाहरू अलप भएका थिए। त्यो घटनाले भेडी गोठालोहरू स्तब्ध भएका थिए।

 र राती सपनामा देवीले दर्शन दिएको र आफ्नो उत्पत्ति स्थल र आकृतिको महसुस गराउँदै भेडा गोठालोलाई भेडाबलीसहित पूजा अर्चना गर्न भने पछि ति भेडा गोठालाले भक्तिभावपूर्वक पूजा अर्चना गरी भेडाको बली दिएका थिए।

 पूजा अर्चना पछि भेडा गोठालाले हराएका भेडा जस्ताको त्यस्तै भेटिएको धार्मिक किम्बदन्ती छ।  सदियौंदेखि आस्थाका साथ पुजाअर्चना गर्दै आएको पाथीभरा मन्दिरमा दैनिक  सयौँको संख्यामा भेडा, बोका, पाठा बलि चढाउने प्रचलन छ।

ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ बजारबाट करिब १२ कोषको यात्रा पुरा गरेपछि ७ घण्टाको पैदल यात्रापश्चात मन्दिर क्षेत्र पुग्न सकिन्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.