|
फाइल तस्विर

काठमाडौं : सत्तारुढ गठबन्धनले आइतबार काठमाडौंको साँखुमा संयुक्त चुनावी सभा आयोजना गर्दैछ। 

साँखु बजारमा अपराह्न २ बजे सुरु हुने सभामा कांग्रेसका नेता प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, एकीकृत समाजवादीका नेता डा. गंगालाल तुलाधरसहित काठमाडौं क्षेत्र नम्बर–२ का उम्मेदवारहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

चुनाव परिचालन समिति संयोजक एवं नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर–२ का सभापति कबीर शर्माले घरदैलो कार्यक्रम सकिएसँगै चुनावी सभा आयोजना गर्न लागेको जानकारी दिए। 

आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि गठबन्धनका तर्फबाट काठमाडौं–२ मा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती, प्रदेशसभा (१) मा कांग्रेसका ध्रुव केसी र प्रदेशसभा (२) मा एकीकृत समाजवादीका भरतप्रसाद फुयाँल साझा उम्मेदवार छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.