|

 काठमाडौं : राजनीतिक दलका नेता र उम्मेदवारहरु आज चुनावको अन्तिम प्रचार प्रसारमा छन्। 

आज मध्यरातिदेखि मौन अवधि सुरु हुनेभएपछि पूर्व निर्धारित कार्यक्रम अनुसार दलका शीर्ष नेताहरुलाई आज अन्तिम दिन पनि प्रचार प्रसारमा भ्याइ नभ्याइ छ। चुनाव प्रचारका क्रममा सुदुरपश्चिममा रहनु भएका प्रधानमन्त्री एवंम कांग्रेस सभापति शेरबहादुर देउवा सुदुरपश्चिमका दुईवटा चुनावीसभामा सहभागी बन्दै छन्। उनले आजअछाम र कञ्चनपुरका चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। 

चुनावी प्रचारकै क्रममा गृह जिल्ला झापामा रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज झापामा आयोजना हुने दुई सभालाई सम्बोधन गर्दै छन्। 

अध्यक्ष ओलीले झापा निर्वाचन क्षेत्र नम्बर १ को काँकडभिट्टा र निर्वाचन क्षेत्र नम्बर ५ को खजुरगाछीमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्नेछन्। 

निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि मंसिर १ गते अर्थात आज मध्यराति १२ बजेसम्म निर्वाचन प्रचार प्रसार खुला गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.