|

सुर्खेत : डोल्पाका ६८ वटा मतदान केन्द्रमध्ये १२ वटा मतदान केन्द्रमा हेलिकप्टरले कर्मचारी, निर्वाचन सामग्री ओसारेको छ।

हिउँका कारण उपल्लो डोल्पाका २२ मध्ये १२ वटा मतदान केन्द्रमा कर्मचारी, मतपत्रलगायत निर्वाचन सामग्री लैजान र ल्याउन हेलिकप्टर प्रयोग गरिएको हो।

सदरमुकाम दुनैबाट ४ देखि ७ दिनसम्म लाग्ने उपल्लो डोल्पाका डोल्पोबुद्व, छार्काताङ्सोङ् र शे–फोक्सुन्डो गाउँपालिकाका १२ वटा मतदान केन्द्रमा मतपत्र‚ कर्मचारी लैजान र मतपेटिका लिन हेलिकप्टर प्रयोग भएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए।

भौगोलिक रुपमा विकट र भारी हिमपातका कारण निर्वाचनको पूर्वतयारी गर्न समस्या हुने भएकाले पनि हेलिकप्टर माग गरिएको सुवेदीले बताए।

उपल्लो डोल्पामा पर्ने २२ वटै मतदान केन्द्रका लागि हेलिकप्टर प्रयोग गर्ने भनिए पनि निर्वाचन आयोगले संवेदनशीलताको हिसाबमा १२ वटामा मात्रै व्यवस्था गर्न सक्ने बताएको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.