|

इलाम : मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनका लागि इलाममा निर्वाचन सुरक्षा योजना लागु भएको छ। भयरहित निर्वाचन सम्पन्न गर्न चार वटै सुरक्षा निकायका सुरक्षाकर्मीहरु  एकीकृत सुरक्षा योजनाअनुसार परिचालित भएका हुन्।

२ संघीय र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको इलाममा मंसिर ४ मा हुने आम निर्वाचनको सुरक्षा तयारी पुरा भएको छ। जिल्ला सुरक्षा समितिले एकिकृत सुरक्षा योजना तयार पारी चारवटै सुरक्षा निकायका सुरक्षाकर्मीहरु अहिले निर्वाचन सुरक्षामा खटिसकेका छन्।

१० वटा स्थानीय तह रहेको इलाममा सबै तहमा चारवटै सुरक्षा निकायको टोली परिचालित भइसकेको हो। म्यादी प्रहरीसहित नेपाल प्रहरी शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले बताए।

आम निर्वाचनमा नेपाली सेनाको ५ सय ५०, शसस्त्र प्रहरी बल ४ सय ४५ जना खटिएका छन्। नेपाल प्रहरीको ७ सय ७५ स्थायी गरि १ हजार ४ सय ४८ म्यादी प्रहरी खटिनेछन्। राष्ट्रिय अनुसन्धानको १५ सहित निर्वाचनमा जम्मा इलाममा ३ हजार ३ सय २३ जना सुरक्षाकर्मी खटिएका छन्। निर्वाचनमा पर्याप्त सवारीसाधन सुरक्षाकर्मीको नभएकाले भाडामा समेत लिएर सवारीसाधन सहित सुरक्षाकर्मी परिचालित भएको नेपाल प्रहरी इलामका उपरिक्षक दिलिप घिमिरेले बताए। १ सय ५० मतदान स्थल रहेको इलाममा नेपाली प्रहरीको पहिलो घेरा, दोस्रो मा शसस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन हुनेछ। अहिले शसस्त्र प्रहरी र नेपाली सेनाले अहिले सुरक्षा संवेदनशील हेरर मोवाइल गस्ती गरिरहेको   छ। नेपाल प्रहरीको टोली १ गतेबाट मतदानस्थलमा पुग्नेछ।

जिल्ला सुरक्षा समितिले ३ तहमा मतदानस्थल वर्गिकरण गरि सुरक्षा योजना लागु गरेको छ। इलाममा अति संवेदनसिल ३६, संवेदनसिल ५५ र सामान्य ५९ वटा मतदानस्थल रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.