|

काठमाडौं : देशमा निर्वाचन नजिकिँदै गर्दा आफूहरूले मताधिकारबाट वञ्चित हुनुपरेको भन्दै  विदेशमा रहेका नेपालीले दु:खेसो पोखेका छन्। एनआरएनए माल्टाले विदेशमा रहेका नेपालीलाई अझै पनि मतदान गर्ने अधिकार नदिएको गुनासो गरेको हो।

एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालले देशलाई आर्थिक सम्पन्नताका लागि पहल गर्ने नेपालीलाई मताधिकार नदिने सरकार र निर्वाचन आयोगको प्रवृत्तिले दुखी तुल्याएको बताए।

‘२०७५ सालमै सर्वोच्च अदालतले विदेशमा बस्ने नेपालीका लागि पनि मतदानको व्यवस्था गर्न भन्दै गरेको निर्देशनात्मक आदेश लागू गर्न निर्वाचन आयोग तयार नहुँदा हामी मताधिकारबाट बञ्चित भएका छौँ’, अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ’, ‘निर्वाचनमा ठूलो प्रभाव पार्न सक्ने मतदतालाई मौन बसाएर हामीले पठाएको रेमिट्यान्स मात्र चलाउने शैलीप्रति दुःखी छौँ।’

यस अघि पनि पटक पटक विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउने भन्दै सम्भाव्यता अध्ययनका लागि निर्वाचन आयोग र नेपाल सरकारका अधिकारी पटक–पटक विदेश भ्रमणमा गएको भन्दै अर्यालले अझै निष्कर्षमा नपुग्नु दु:खद भएको बताए। ‘यो महान् पर्व सफल बनोस्', उनले भनेका छन्, ‘यसबाट चुनिएर आउने प्रतिनिधिले अर्को निर्वाचनमा हामी जस्ता मतदातालाई पनि मताधिकार प्रयोगको सुनिश्चितता गराउन सकून्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.