|

काठमाडौं : बागलुङको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी मतदान गर्नबाट बञ्चित भएका छन्। 

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–८ स्थायी ठेगाना भएका केसीको बागलुङमा मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएका हुन् । 

उनी उम्मेदवार भएका कारण मत माग्न बागलुङमै छन्। उनले कानूनमा भएको व्यवस्थालाई स्वीकार गर्नुपर्ने बताए। केसीले शान्तिपूर्ण रुपमा निर्वाचन भइरहेको र कानूनी रुपमा आफ्नो मतदाता नामावली रुपन्देहीमा रहेका कारण बञ्चित हुनु परेको बताए। 

भोट हाल्न किन जानुभएन ? भन्ने थाहाखबरको प्रश्नमा उनले भने, ‘म अहिले मत माग्न बागलुङमा छु। मेरो मतदाता नामावली रुपन्देहीमा छ। कानूनमा भएको व्यवस्था मान्दिनँ भन्न पाइँदैन। कि रुपन्देही जानुपर्यो नत्र बागलुङमा बसेर भोट हाल्न पाइँन भन्न मिल्दैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.