|

काठमाडौं : आइतबार देशभर भएको निर्वाचन सम्पन्न भएको छ। निर्वाचन आयोगले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म छुट्टाएको समयपछि खसेका मत एकीकृत गर्ने क्रम सुरु भएको छ।

यसैबीच काठमाडौं-१ को मतपेटिका संसद् भवन नयाँ बानेश्वरमा ल्याइएको छ। सम्भवत: आज नै मतगणना सुरु हुने बताइएको छ। देशभरका १५ स्थानको मतदान कार्य भने स्थगित भएको छ। 

मतदानको निर्धारित अवधि सकिएपछि मतपेटिकालाई मतगणनास्थलसम्म लगिने आयोगले जनाएको छ। राजनीतिक दलको सहमति भए मतपत्रको गणना सुरु गरिने समेत आयोगले जनाएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.