|

बैतडी : काठमाडौंमा हुने वाई-वाई १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ।

अनुराग सिंहको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए।

कप्तानमा सिंहसहित उपकप्तानमा कैलाश ऐर, विकेटकिपरमा सुनिल चन्द, दीपक बोहरा ए, दीपक बोहरा बी, मिलन बोहरा, गजेन्द्र बोहरा, हेमन्त धामी, आकाश चन्द, अशोक धामी, नरेन सावद, युवराज खत्री, विशाल ऐर र विपिन धामी रहेका छन्। ​संजय बोहरा, वीरेन्द्र बम, दिनेश ओड र प्रदीप चन्द वैकल्पिक खेलाडीका रुपमा छनोट भएका छन्।

कात्तिक २५ देखि मंसिर १ गतेसम्म सञ्चालन गरिएको छनोट प्रतियोगिता र त्यसपछिको बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई टोलीमा समावेश गरिएको जनाएको छ।

नेपाल क्रिकेट संघको आयोजनामा मंसिर ७ गतेदेखि काठमाडौंमा वाई-वाई १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.