|

हेटौंडा : मकवानपुर–२ मा गुरु चेला बीचको प्रतिष्पर्धा रोचक हुँदै गएको छ । मकवानपुरमा एमालेलाई संस्थागत  गरेका विरोध खतिवडा र एमाले अहिलेको युवा नेता महेश बर्तौैला बीचको प्रतिस्पर्धा रोचक बनेको हो। 

कुनै समयमा एमालेमा गुरु–चेलाको सम्बन्ध रहेका उनीहरू अहिले एउटै निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा छन्। सोमबारबाट सुरु मतगणनाको २४ घण्टना पुरा भईसक्दा एमालेको उम्मेदवार बर्तौला ३ सय ४१ मतले अगाडि छन्।

बर्तौलाले ६ हजार ३ सय ४९ मत पाउदा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका स्थायी समिती सदस्य विरोध खतिवडाले ६ हजार ८ मत पाएका छन्। त्यस्तै गरि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले दुई हजार दुईसय ३८ मत पाएका छन्। 

हाल पश्चिम मकवानपुरको मतगणना भइरहेको छ। पश्चिम मकवानपुर नेकपा माओवादीको गढको रुपमा मानिन्छ। तर,सो क्षेत्रबाट माओवादीको समर्थनमा उम्मेदवार बनेका खतिवडाले राम्रो मत पाउन सकेका छैनन्। बर्तौलाले मतगणनाको सुरुवातदेखी नै अग्रता लिइरहेको भए पनि सोमबार केहिबेर खतिवडाले उनलाई पछि पारेका थिए। तर,मंगलबार बिहानै देखी खतिवडालाई पुनःपछाडि पार्दै बर्तौला अगाडि लागेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.