|

दैलेख : दैलेख–१ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका अमरबहादुर थापा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। 

थापा १८ हजार २५६ मत प्राप्त गरी विजयी भएका हुन्।  उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रवीद्रराज शर्माले १७ हजार ४०७ मत प्राप्त गरे।

२०७४ सालमा प्रदेश सभा सदस्यमा विजयी भएका थापाले नेपाली कांग्रेसका जगजंग थापालाई पराजित गरेका थिए।

दैलेख १ मा प्रतिनिधिसभा सदस्यमा ४० हजार ३८७ मत खसेको थियो। त्यसमध्ये एक हजार ६५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.