|

बैतडी : बैतडीमा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर विजयसुन्दरको अग्रता कायमै रहेको छ। 

५०  हजार चारसय नौ मत गणना हुँदा कुँवरले २२ हजार दुईसय ३० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए। उनलाई एमालेका दामोदर भण्डारीले २० हजार आठसय ७० मतका साथ पछ्याइरहेका छन्।

 यहाँको प्रदेश सभा क्षेत्र नम्बर ९ १० मा  नेकपा एमालेका सुरेन्द्र पाल र  प्रदेशसभा क्षेत्र नम्बर ९२० मा भने कांग्रेसका शिवराज भट्ट विजयी भइसकेका छन्।

 प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई क्षेत्र रहेको बैतडीमा आइतबार सम्पन्न निर्वाचनमा कुल मतदाताको ५२ दशमलव २२ प्रतिशत मत खसेको थियो। यहाँ एक लाख ५० हजार एक सय ५६ मतदाता रहेकामा ७८ हजार चार सय १६  मत मात्रै खसेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.