|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिक तर्फ ३ लाख मत कटाएको छ। 

निर्वाचन आयोगले बिहीबार दिउँसो साढे ३ बजेसम्म आफ्नो वेबसाइटमा प्रविष्ट गरेको विवरण अनुसार स्वतन्त्र पार्टीलाई ३ लाख ९ हजार ६७ मत प्राप्त भएको छ।

यो पार्टी तेस्रो स्थानमा रहेको छ। पहिलो स्थानमा रहेको एमालेले ६ लाख मत कटाएको छ। दोस्रो स्थानको नेपाली कांग्रेसले ५ लाख ७२ हजार मत ल्याएको छ। 

चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रको २ लाख ७८ हजार मत छ भने पाँचौं स्थानको राप्रपाले १ लाख ६८ हजार मत ल्याएको छ।

नेमकिपाले ५१ हजार, जनमत पार्टीले ४९ हजार, नागरिक उन्मुक्ति पार्टीले ४८ हजार, नेकपा एकीकृत समाजवादीले ४० हजार मत ल्याएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.