|

बारा : बारा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा तर्फ माओवादी केन्द्रका शिवचन्द्र कुशवाहाले अग्रता लिएका छन्। जनता समाजवादीका रामसहाय यादवलाई पछि पार्दै उनले अग्रता लिएका हुन्। 

३९ हजार ४७२ मत गणना गर्दा माओवादी केन्द्रका कुशवाहाले ९ हजार ४०४ मत ल्याएका छन्। त्यस्तै जनता समाजवादीका यादवले ८ हजार ७९२ मत ल्याएका छन्। त्यस्तै  खरायो चुनाव चिह्नका रामकिशोर यादवले ७ हजार ५ सय, फूल चुनाव चिह्नका रोशन यादवले  ६ हजार ६६१ मत ल्याएका छन्।

त्यसैगरी निर्वाचन क्षेत्र  ३ (ख)को प्रदेशसभा सदस्यतर्फ  जनता समाजवादीका उम्मेदवार पारसप्रसाद साहले ५६५ मत ल्याएका छन्। एमालेका महम्म्द समीर अन्सारी  ४९७,काग्रेसका जयचन्द चौरसिया ४७२ र जनमत पाटीका सन्तोष पटेलले ४९५ मत ल्याएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.