|

इलाम : नेपाल रग्बी संघ र एसिया रग्बीको संयुक्त आयोजनामा यु–१८ एसिया रग्बी सेभेन्स प्रतियोगिता मंसिर २४ गतेदेखि हुने भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन हुने प्रतियोगितमामा आयोजक नेपालसहित एसियाका आठ राष्ट्रको सहभागिता रहने छ।

नेपाल रग्बी संघका सचिव तथा प्रवक्ता गोविन्द घिमिरेका अनुसार नेपालसहित भारत, चीन, ताईपेइ, दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, बंगलादेश र युएई सहभागी हुने छन् । पुरुषतर्फ ८ र महिलातर्फ ५ टिमको सहभागिता रहने छ। नेपाली रग्बीको इतिहासमा नेपालमा पहिलो पटक रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो।

नेपाली टोली हेटौंडाको गौरीटारस्थित रंगशालामा बन्द प्रशिक्षणमा रहेको छ। प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न नेपाल रग्बी संघको कार्यवाहक अध्यक्ष दीपक देवकोटाको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ। 

त्यस्तै समारोह उपसमिति, प्रावाधिक उपसमिति, खेल मैदान व्यवस्थापन उपसमिति, बसोबास व्यवस्थापन उपसमिति, यातायात व्यवस्था उपसमिति, खेलसामग्री तथा पोशाक व्यवस्थापन उपसमिति, स्वयंसेवक उपसमिति, सुरक्षा उपसमिति पनि गठन गरिएको छ। ​

रग्बीको पुरुष र महिला राष्ट्रिय टोलीमा प्रदेश १ बाट ४÷४ जना परेका छन्।  पुरुषतर्फ इलामका मनिश हिङमाङ, मोरङका विराज रेग्मी, उदयपुरका नवीन मगर र पाँचथरका सन्दीप राई छन्।

महिलातर्फ इलामबाट ३ जना परेका छन् । इलामकी अनिता कम्मर, सुजा राई र विडिसा राई तथा पाँथचथरकी सम्झौता तुम्बापोले यु–१८ यु–१८ एसिया रग्बी सेभेन्समा स्थान बनाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.