|

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले मधेशमा गठबन्धन नफापेको बताएका छन्। गठबन्धनकै कारण मधेशमा माओवादी कमजोर भए पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए देशको कल्याण हुने दाबी गरेका छन्। 

शनिबार पार्टी कार्यालयमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता यादवले प्रचण्ड प्रधानमन्त्री बने देशको कल्याण हुने बताउँदै सत्ता गठबन्धनबाट हुने भएकाले अरू कसैको काँधमा चढ्नु नपर्ने बताएका हुन्। 

‘अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभयो भने देशको कल्याण हुन्छ,उहाँसँग त्यो क्षमता छ। अहिले त्यो परिस्थिति बन्दै छ र गठबन्धनबाटै हुने भएकाले अरू कसैको काँधमा चढ्नु पर्दैन,’ उनले भने। 

साथै यादवले केपी ओलीको नेतृत्व रहेसम्म एमालेसँग मिल्न जानु राम्रो नहुने बताए।

‘जहाँसम्म एमालेले अफर गरेको कुरा छ,त्यो अवसरवादी अफर हो। ओलीको नेतृत्व रहेसम्म एमालेसँग जानु राम्रो हुन्न,’ उनले भने। 

नेता यादवले गठबन्धनसँग मिल्नाले मधेसमा माओवादी पार्टी नै नरहेको दाबी गरे। उनले निरन्तर सत्तामा रहँदा माओवादीको जनमत घटेको बताए। 

‘पार्टी बनाउनुपर्छ। हामी पुर्खाको सम्पत्ति जसरी अझै थपेर जिविकोपार्जन गर्छ। हामी जनयुद्धको भजाएर खाइरहेका छौं। २०६४पछिनिरन्तर ओह्रालो लाग्दैछौं।  मेरो पनि गल्ती होला। यसको गहन छलफल हुनुपर्छ। अहिले पनि हामी धेरै खुम्चिएका छौं। म स्वयं आफैं हारेको छु। म हारेकोमा कसैलाई दोष दिन्नँ। हामी निरन्तर सत्ताधारी भयौं,’ यादवले भने, ‘जनताको अपेक्षा थियो। हामीले पूरा गर्न सकेनौं। अध्यक्ष दोस्रोपटक प्रधानमन्त्री हुँदा राम्रो गर्न खोज्नुभएको थियो। व्यक्तिगत रुपमा मन्त्रीहरुले राम्रो काम गर्नुभयो होला। तर, सुशासन, शिक्षालगायतका क्षेत्रमा राम्रो काम गर्न सकेनौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.